कति छ सुनको भाउ ?

  Sampatti News 2024

July 8, 2024

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो आइतबारको तुलनामा छापावाला सुन प्रतितोलामा रु ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति:July 8, 2024