खाल्डोमा जमेको पानीमा पौडी खेल्दा डुवेर तीन किशोरीको मृत्यु

  Sampatti News 2024

July 8, 2024

काठमाडौं । कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुवेर तीन किशोरीको ज्यान गएको छ । आज कञ्चनपुरको पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबान भएको क्षेत्रमा ती किशोरीहरु पौडि खेल्ने क्रममा वेपत्ता भएका थिए ।

लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन् । तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

प्रकाशित मिति:July 8, 2024