एमालेको सचिवालय बैठक बस्दै

Nepal Cover
२६ असार २०८१, मंगलवार
image

काठमाडौं । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो आज १ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा गत सोमबार भएको कांग्रेस-एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।