ग्याङ फाइट हुँदा एक युवकको मृत्यु

  Sampatti News 2024

July 9, 2024

विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा एकजना युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका(२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।

घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:July 9, 2024