मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गर्न सिफारीस

Nepal Cover
२६ असार २०८१, मंगलवार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारीस गरेको छ ।

आयेगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्न सिफारिस गरेको हो ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । केन्द्रीय समतिले अवश्यक निर्णय लिने एक नेताले बताएका छन् ।