‘रवि लामिछानेको क्लवबाट निस्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन’

  Sampatti News 2024

July 9, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आज बसेको केन्द्रीय समितिको बैठकले मुकुल ढकाल महामन्त्री र प्रवक्ता पदबाट हटाइएपछि ढकालले आफू रवि लमिछाने क्लवबाट निस्कासित भएपनि पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन् ।

पार्टीको निर्मम समिक्षा गरेका ढकालले पार्टीको अनुशासन बाहिर रहेर समिक्षा गरेका भन्दै अनुशासन आयोगले ७ दिन लगाएर उनीमाथि कार्वाही गर्न सिफारीस गरेको थियो ।

रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्य मात्रै रहने गरी बर्खास्त गरेको केही मिनेटमै उनले सामाजिक सञ्जाल फेसुबक मार्फत् ढकालले भनेका छन्–‘ ‘रवि लामिछानेको क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोली ।’

बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनलाई सात दिन निलम्बन गरिएको थियो । अनुसासन आयोगले बर्खास्त गर्न सिफारीस गरेपछि बैठकले साधारण सदस्य राखेर अन्य पदबाट निष्कासन गरेको हो ।

प्रकाशित मिति:July 9, 2024