ताप्लेजुङ केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प

Nepal Cover
२७ असार २०८१, बुधबार
image

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।‘यो परकम्प होइन, भूकम्प नै हो’, भूकम्पविद् डा. अधिकारीले भने, ‘तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’