मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दे

Nepal Cover
२७ असार २०८१, बुधबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

काठमाडौंको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका जानकारी उनले दिएका छन् ।

मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहनेगरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो ।