आज माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।

उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।

प्रकाशित मिति:July 10, 2024