आयो नुन एमआरपी भन्दा बढी मूल्यमा बेचे तीन लाख जरिवाना

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आयो नुन एमआरपी भन्दा बढी मूल्य लिएर बेचेमा तीन लाखसम्म जरिवाना तिराउने भएको छ ।

बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने आज एक सूचना जारी गर्दै जनाएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएपछि विभागले सूचना नै जारी गरि सचेत गराएको हो ।

विभागको सूचनामा भनिएको छ –‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ । यस विभागबाट अनुगमन हुँदा काठमाडौँ महानगरपालिका(१३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा (२) (ठ) बमोजिम अनुचित व्यापारिक कार्य गरेको मानिने र त्यस्तो अनुचित कार्यलाई सोही ऐनको दफा ३८ (ङ) अनुसार कसुर गरेको ठहरिनेछ । यस किसिमको कसुर गर्नेउपर सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाखदेखि ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।’

साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुनमा प्रति केजी रु ६ वृद्धि गरेको थियो ।

प्रकाशित मिति:July 10, 2024