आजको विदेशी मुद्राको विनिमयदर

  Sampatti News 2024

July 11, 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:July 11, 2024