चितवनमा पहिरोले दुई वटा यात्रु बस बगायो, करिव ६० यात्रु रहेको अनुमान

Nepal Cover
२९ असार २०८१, शुक्रबार
image

काठमाडौं । चितवनमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् ।

सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुई वसमा करिव ६० जना यात्रु भएको आशंका गरिएको छ ।

तर, ३ जना यात्रु भने बाहिर निस्किन सकेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।