देउवाद्वारा त्रिशूली भएको घटनाप्रति दुःख व्यक्त

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा आज बिहान खस्दा करिब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाकासाथ काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:July 12, 2024