चितवनको सिमलतालमा पहिरोले बस बगाएको घटना प्रति माधव नेपाद्वारा दुख व्यक्त

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चितवनको सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट आफ्नो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्स बस र काठमाडौं आउँदै गरेको एन्जल बस तथा बसमा सवार यात्रुको उद्धारमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उद्धारका लागि आह्वान गर्दै उनले भनेका छन्, ‘काठमाडौँबाट मेरो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु ।’

प्रकाशित मिति:July 12, 2024