फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १८ सय बढेको छ ।

आज १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार सुरु भएको महासंले जनाएको हो ।

बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति:July 12, 2024