प्रधानमन्त्री प्रचण्डको प्रश्न – ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर कसरी संविधान संशोधन गर्नुे हो भन्दै प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले–कांग्रेसले संविधान संसोधनको रटान लगाएको भन्दै उनले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएका छन् ।

उनले कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।

उनले भने–‘ उनले दुई ठूला दल साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउनेतर्फ लागेको छ । दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिएका छन् राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

प्रकाशित मिति:July 12, 2024