अन्ततः ढल्यो ‘प्रचण्ड’ सरकार

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । पाँचौ पटक विश्वासको मत लिदा अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार ढलेको छ । आज प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रचण्ड सरकार ढलेको हो ।

१८ महिना सत्ताको यात्रा गरेको दाहाल चार पटक विश्वासको मत पाउदा पाँचौ पटक भने सत्ताबाट बहिर्गमन हुनुपरेको छ ।

संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै उनको पक्षमा पर्यो । यस्तै विपक्षमा १९४ मत परेको छ । एक जना सांसद तठस्त भए ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए

प्रकाशित मिति:July 12, 2024