ओलीले गरे प्रधानमन्त्रीका लागि दाबी पेश, आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी

Nepal Cover
२९ असार २०८१, शुक्रबार
image

काठमाडौं । नयाँ सरकार गठनका लागि दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर सितल निवास पुगेका छन् । सरकार गठनका लागि ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

सम्भवत आजै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको बुझिएको छ । यस्तो विपत्तिको बेला काम चलाउ सरकारले काम गर्न नसक्ने भन्दै आजै नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।