पुनः खोज्न थालियो सिमलतालमा पहिरोले बगाएको बस तथा सवार यात्रु

  Sampatti News 2024

July 13, 2024

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस र सवार यात्रुको त्रिशूली नदिमा खोजि कार्य आज पुन सुरु भएको छ । शुक्रबार बेलुकी स्थगित गरिएको खोजी कार्य आज फेरि विहानदेखि सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट हिजोकै संख्यामा जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको प्रहरीले जनाएको छ ।

खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि बिहानैदेखि बस र त्रिशूलीमा हराइरहेका कम्तिमा ५० यात्रुको खोजीमा लागेका हुन् ।

हिजो बिहान साढे ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सीमलतालमा आएको लेदोसहितको बाढीले गुडिरहेको दुई बस बगाएको थियो ।

प्रकाशित मिति:July 13, 2024