July 13, 2024
काठमाडौं । ‘जन्मदिनलाई सत्कर्मसंग जोडौं’ अभियान अन्तरगत आज पशुपतिनाथ परिसरकोको मृगस्थलीमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपाल मार्फत रौतहटबाट पहिलोपटक सुरुआत भएको उक्त अभियान अन्तरगत आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर बनाएर शनिवार बृक्षारोपण गरिएको आयोजक संस्थाका संयोजक गोविन्द चौलागाईले बताएका छन् ।
वृक्षारोपणकार्यक्रममा नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बरिस्ठ पत्रकार टिकाराम यात्री, बरिस्ठ पत्रकार हरि बहादुर थापा, नेपाल सरकारका उपसचिव नारायणदत्त भण्डारीको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएको चौलागाईंले बताए ।
वृक्षारोपण कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार टिकाराम यात्रीलेअभियानले दिने सन्देश असाध्यै गहिरो रहेकोे बताएका छन् । उनले भने– ‘जन्मदिनमा केक काट्नु भन्दा वृक्ष रोपेर आफु दिवगंत हुँदा पनि कृति चै वृक्षको रुपमा फैलिन्छ, यो असाध्यै पावन काम हो ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गौशाला प्रहरी कार्यालयका डिएसपी केशवराज थेवे, चलचित्र निर्माता निर्देशक लक्ष्मण सुबेदी, चर्चित गायक यूवराज चौलागाईं, दिब्या कलेजका संचालक उदय मास्के लगायतले कार्यक्रममा उपस्थित हुँदै ऐक्यवद्धता जनाएका छन् ।
कार्यक्रमलाई एैक्यबद्धता जनाउदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले जन्मदिनमा वृक्षारोपण काम गर्नु महान भएको बताएका छन् । उनले भने–‘यो पवित्रकाम मा हामि जोडिएका छौं । यो सत्कर्मलाई अभियानका रुपमा सबैतिर फैलाउनु पर्छ । संसार विग्रेको विनासको कारण हो । पृथ्वीको भविष्य संकटमा छ । त्यसैले वृक्षारोपण कार्यक्रम गर्नुपर्छ । ’
बिकास सँग सँगै भएको विनासलाई रोकेर उनरउत्थान गर्ने र सन्ततिहरुलाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्ने लक्षका साथ हामी सबै बृक्षारोपणमा लाग्नु पर्ने नेपाल सरकारका सहसचिव चुडाराज ढकालले बताए । उनले यस अभियानलाई खिसिटिउरी भन्दा पनि सबैको सहकार्य आवश्यक भएको बताए । यस अभियानले देशको अर्थतन्त्रमासमेत टेवा पुग्ने ढकालको भनाई छ ।
अभियानका संयोजक गोविन्द चौलागाईंले आफुहरु भन्ने भन्दा काम गर्ने अभियानमा लागेको बताएका छन् । उनले यो अभियान देशै भर फलदै गएको बताए । अभियान सञ्चालन गरेको थोरै समयमा पनि धेरै प्रगति भएको उनको भनाई छ ।
नेपाल प्रहरीका एआइजी दिपक थापाको जन्मदिन परेको र आफु विरामि भएको अवस्थामा आफ्नो जन्मदिनमा वृक्षारोपण गरिदिन आग्रह गरेपछि पशुपतिमा विभिन्न जातका विरुवा रोपिएको हो । थापा वेड रेस्टमै रहेकाले उनको प्रतिनिधित्व गर्दै डिएसपी केशवकुमार थेबेले अभियानमा सामेल भै बिरुवा रोपिदिई जन्मउत्सव मनाई दिएका छन् ।
नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य शन्तराम बिडारी र असार २० गते जन्मदिन परेका संस्कार चौलागाईंलेसमेत बृक्षरोपण गरि आफनो जन्मउत्सव मनाएका छन् । कार्यक्रममा चर्चित गायक युवराज चौलागाईंले गीतसमेत गाएका थिए । नेपाल सरकारका सहसचिव ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति:July 13, 2024
November 28, 2024