ठमेलबाट ठूलो परिणाममा कोकिनसहित मलेसियन नागरिक पक्राउ

  Sampatti News 2024

July 14, 2024

काठमाडौं । ठूलो परिणाममा कोकिनसहित एक जना मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिटी होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेको प्रहरीले जनाएको छ ।

ती महिला बस्ने कोठा खानतलासी गर्दा ५ किलो ८२० ग्राम कोकिन बरामद भएको हो । ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन राखिएको थियो । बरामद कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:July 14, 2024