स्वर्णीम वाग्लेको सचिवालबाट म माथि भौतिक आक्रमणको धम्की आयोः मुकुल ढकाल

Nepal Cover
३१ असार २०८१, आईतवार
image

काठमाडौं । राष्ट्रिय स्वतत्रन्त्र पार्टी(रास्वपा)ले बर्खास्त गरेका महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टी भित्रबाट भौतिक अमक्रमणको धम्की आएको बताएका छन् ।

ढकालले आफूलाई पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमणको धम्की आएको आरोप लगाएका हुन्।

डा. ढकालले वाग्लेको सचिवालयबाट शनिबार राति आफूलाई फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएको भन्दै आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको बताएका छन् ।

उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा. मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबीसमेत गरेका थिए । टेलिजिभन अन्तर्वार्तामा उनले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेतले काठमाडौंको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।