सुनको मूल्य हालसम्मकै उच्च

Nepal Cover
३२ असार २०८१, सोमबार
image

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४६ हजार ९ सय रूपैयाँमा कारोबार भैइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।