कांग्रेस संस्थापन इतरबाट मन्त्री बन्नेको नाम फाइनल

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । संस्थापनइतर भनेर चिनिने सो समूहले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको हो ।

सो समूहले सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाएको हो ।
पाण्डे पर्यटन तथा नागरिक उड्ययन मन्त्री, पौडेल स्वास्थ्य तथा जनसंख्या, अधिकारी कृषि मन्त्री र चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

सो समूहले चार वटा मन्त्री माग्दै आएको थियो । अब बन्न लागिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय परेको थियो ।

प्रकाशित मिति:July 15, 2024