ओलीको क्याविनेटमा दलित शुन्य

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलको क्याविनेटमा २२ जनाको भएको छ । उनको मन्त्रीपरिषद्मा १० जना नयाँ मन्त्रीहरुको अनुहार देखिएको छ तर दलित समूदायबाट एक जना पनि मन्त्री बन्न सकेनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको भागमा परेका १० ओटा मन्त्रालयमा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।

कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् । राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

एमालेबाट मन्त्री बनेका देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता नयाँ अनुहार हुन् । उनीहरु पहिलो पटक मन्त्री बनेका हुन् । दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

प्रकाशित मिति:July 15, 2024