आन्दोलनको ‘मुड’मा यातायात व्यावसायी

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । तीन वटा यातायात मजदुर संगठन यतिवेला आन्दोलनको ‘मुड’मा पुगेका छन् । काठमाडौं महानगरपालिकाले गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल हटाउन भनेपनि मजदुर संगठनले भने तत्काल नहटाउन आग्रह गरेको छ ।

महानगरले साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै सूचना गरिरहेको छ । निरंकुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसँगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर संगठनका नेताहरुले आग्रह गरेका छन् ।

आज ती संगठनहरुले एक विज्ञप्ती जारी गर्दे टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरेका छन् ।

‘महानगरले कार्यदल गठन गरेर टिकट काउन्टरको मापदण्ड तयार गरिसकेको र कार्यदलको सदस्यका रुपमा तीनवटै ट्रेड युनियनहरुको महत्वपूर्ण योगदान छ । हामी चाहन्छौं लामो मेहनत गरेर तयार पारिएको त्यो मापदण्ड व्यवहारीक परिमार्जन गरेर गर्नुपर्छ । र इमान्दारीताका साथ कार्यन्वयन गर्नुपर्छ । निरकुश शैली र शीक्तको प्रयोग गरेर ठिक लगाउँछु भन्ने महानगरको दम्भले सडक द्धन्द निम्त्याने निश्चित छ । तसर्थ साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै तत्काल कार्यदलको बैठकमार्फत समस्याको हल खोज्न अपिल गर्दछौं ।’ –विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति:July 15, 2024