स्वास्थ्य मन्त्रीको प्रतिबद्धता – अस्पतालहरूमा लाइन बस्नु नपर्ने गरि व्यवस्थापन गरिने

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहरण गरेका छन् । सपथ लिएपछि स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

पथभार ग्रहण गर्दे पौडेलले क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति भएको र रोग लागेकाहरुलाई सुविधा दिने कुरा आफैमा जरुरी छ । उनले भने–‘ रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौं । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौ । ’

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए ।

उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रविद्धता जनाए ।

प्रकाशित मिति:July 15, 2024