विशेष अदालतका अध्यक्ष कुँवरको सफलताः ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा (भिडिओ)

  Sampatti News 2024

July 16, 2024

काठमाडौं । काठमाडौं विशेष अदालतका अध्यक्ष टेकनारायण कुवँर आफु नेतृत्वमा आएको करिव नौं महिनामानै सफलता हात पारेका छन् । आफु मातहतको कार्यलय चुस्त दुरुस्त राखेका कुँवरले अघिल्लो वर्षसम्म विशेष अदालतमा दुई सय बढी पुरानो मुद्दा फछ्र्योट गर्न सफल भएका हुन् ।

१८ मंसिर, २०८० देखि नेतृत्व सम्हालेपछि उनले पुरानो सबै मुद्दाको किनारा लगाउने प्रतिवद्धता थियो । सोमबार अध्यक्ष कुँवरले पत्रकार सम्मेलन गर्दे ६ महिना भन्दा पुराना सबै मुद्दा किनारा लागेको बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने– ‘हामीले प्रतिबद्धताका साथ काम गरिरहेका छौं र उपलब्धि पनि हासिल गर्न सफल भयौं । ६ महिना अगाडि देखिका सबै मुद्दाको किनारा लगाइसकेका छौं ।’

अब, विशेष अदालतमा ६९ वटा मात्र बाँकी रहेको कुँवरको भनाई छ । उनका अनुसार २०८० असार मसान्तमा ३५९ वटा मुद्दा थिए । चालु आवमा २१६ वटा मुद्दा फैसला भएको उनको भनाई छ ।

विशेष अदालत ऐनमा दर्ता भएको मुद्दाहरु ६ महिनाभित्र मुद्दाको फैसला गर्नु पर्ने हुन्छ । तर विभिन्न कारणले मुद्दा फस्र्यौट हुन बाँकी रहेका धेरै मुद्दा थिए । फैसला भएका ५०६ वटा मुद्दामा १५९ वटा मुद्दामा आंशिक ठहर भएका छन् । मुद्दा लागेकामध्ये सबै आरोप ठहर नभएका मुद्दालाई विशेष अदालतले आंशिक ठहर भन्ने गरेको छ । सबै आरोपितहरु दोषी ठहर भएका मुद्दा १०४ वटामात्रै छन् भने २४३ वटा मुद्दामा कुनै पनि आरोपितहरु दोषी ठहर भएनन् । विशेष अदालतमा पेश भएकामध्ये ४८ प्रतिशत मुद्दामा मात्रै आरोपितहरु दोषी ठहर भएका छन् ।

कुँवर नेतृत्वमा आएका बेला उनीसँग केही न्यायाधीसहरुपनि आएका थिए । उनीहरु आउँदा विशेष अदालतमा ३२८ वटा मुद्दा बाँकी थिए, जसमध्ये ७४ वटा मुद्दा दुई वर्ष नाघेका थिए ।

अहिले भएको मुद्दा फछ्र्योट १० वर्ष यताकै धेरै अर्थात ८८ प्रतिशच मुद्दा फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्की बताए ।

प्रकाशित मिति:July 16, 2024