महान्यायाधिवक्ता दीनमणि पोखरेलले दिए राजीनामा

  Sampatti News 2024

July 16, 2024

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्रीमार्फत् राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

प्रकाशित मिति:July 16, 2024