समाजबादी मोर्चा सक्रिय

  Sampatti News 2024

July 16, 2024

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सतबाट बाहिर भएपछि आज पहिलो पटक समाजवादी मोर्चाको बैठक बसेको छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो । नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छन् ।

एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा भएको बुझिएको छ ।

आगामी दिनमा मिलेर जानेबारे साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति:July 16, 2024