३७ बीमा कम्पनी अद्यावधिक

  Sampatti News 2024

July 17, 2024

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनीलाई नवीकरण गरेको छ । २०८१ असार मसान्तसम्मा सो संख्यामा कम्पनीहरु अद्यावधिक भएका हुन् ।

प्राधिकरणले १४ वटा जीवन विमा, १४ वटा निर्जीवन विमा कम्पनीको नविकरण गराएको हो । त्यसैगरि २ वटा पनर्बीमा र ७ वटा लघुबीमा कम्पनीहरु अद्यावधिक गरेको हो ।

प्रकाशित मिति:July 17, 2024