अख्तियारको फन्दामा ५२० जना राष्ट्रसेवक, २ जना मन्त्री

  Sampatti News 2024

July 17, 2024

काठमाडौं । भ्रष्टचारकाविरुद्ध व्यापक अध्ययन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको गत एक वर्षमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अवधिमा भने १५ सय १६ जनाविरुद्ध मुद्दा चलाएर कानुनी कार्वाही गरेको छ ।

भ्रष्टचारविरुद्ध अभियानलाई व्यापक बनाएको अख्तियारले गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरेको हो । पछिल्ला दिनमा अख्तियारले केन्द्रीय सरकारका पूर्व मन्त्रीहरू, बहालवाला मुख्य सचिव तथा प्रदेश सरकारका बहालवाला मन्त्रीलाई समेत भ्रष्टाचारमा छानबिन गरी मुद्दा दायर गर्दै आएको छ ।

अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा दायर गरेको छ । त्यसमा ५२० जना राष्ट्रसेवक कर्मचारी परेका छन् । अख्तियारले नयाँ प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई छिटो छरीतो बनाउने गरि अनुसन्धान प्रभावकारी बनाएको छ ।
अख्तियारले सचिव स्तरका १२ जना र उच्च तहका मानिने सहसचिवस्तरका २५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ । सरकारका उपसचिवस्तरका ७२ जना, शाखा अधिकृतस्तरका १६७, लेखापालस्तरका ५४, नायबसुब्बा स्तरका १४४, खरिदार स्तरका ३१ र कार्यालय सहयोगी २ जनालाई मुद्दा चलाएको छ ।

अख्तियारले दिएको विवरण अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ ।

अख्तिायारले स्थानीय तहसँग सम्बन्धित अनियमितताका ८० वटा मुद्दा दायर गरेको छ । सो मुद्दामा जोडिएका ४ सय ३३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जसमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य गरी १ सय १ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यस अवधिमा स्थानीय तहमा मनोनीत १८१ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै, सरकारी अधिकारीहरूसँग मिलेमतो गरी भ्रष्टाचार गर्ने ९१ जना व्यवसायीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
पछिल्लो समय अख्तियारले भ्रष्टचारमा मुद्दामा अनुसन्धान गर्न कुनैपनि कसर छाडेको छैन । अख्तिायरले निर्मम भएर काम गरिरहेको आयोगमा प्रवत्ता नरहरी घिमिरेले बताएका छन् । उनले आगामि दिनमा भ्रष्टचारविरुद्ध निर्मम भएर अख्तियार लाग्ने बताए ।

सरकारी सेवामा रहेका कर्मचारीहरु
विशिष्ट श्रेणीः १२
सहसचिवः २५
उपसचिवः ७२
शाखा अधिकृतः १६७
लेखापालः ५४
नासुः १४४
खरिदारः ३१
कार्यालय सहयोगीः २
बक्समा २

जनप्रतिनिधिहरु
मन्त्रीः २
जिल्ला समन्वय प्रमुखः १
नगरपालिका मेयरः १६
नगरपालिका उपमेयरः ११
गाउँपालिका अध्यक्षः ७
गाउँपालिका उपाध्यक्षः ८
वडाअध्यक्षः ४२
कार्यपालिका सदस्यः ७
वडा सदस्यः ७
मनोनीत सदस्य जम्माः १८१
लेखापढी व्यवसायीः २
बिचौलियाः २
व्यवसायीः ९१
अन्यः ६१९

प्रकाशित मिति:July 17, 2024