प्रधानमन्त्रीलाई एमालेको बुझाव

  Sampatti News 2024

July 20, 2024

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई सुझावपत्र बुझाएको हो ।

पार्टीका २७ वटा विभागले दिएका सुझावलाई समेटिएको सुझाव बुझाइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आगामी तीन वर्षभित्रमा गर्न सकिने बढीमा १० वटा ठोस कार्यक्रम, यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नु पर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसदमा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यस सम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू रहेका छन् ।

उक्त सुझावमा सहकारी समस्या समाधानदेखि खेलकुदको विकाससम्मका विषयलाई समेटिएको छ ।

प्रकाशित मिति:July 20, 2024