बंगलादेशमा आन्देलानः हालसम्म कम्तिमा १५० जनाको मृत्यु, आन्दोलन दबाउन देशभर शैन्य कर्फ्यु

  Sampatti News 2024

July 20, 2024

काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा कोटा सिस्टमकोविरुद्ध भइरहेको आन्दोलनमा हालसम्म कम्तिमा १५० जनाको मृत्यु भएको छ । सरकारले आन्दोलन दबाउन इन्टरनेट र इन्टरनेटबाट सञ्चालन हुने म्यासेजिङ सेवाहरु पनि बन्द गरिएको छ । शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए ।

सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । बंगलादेशमा लागू भएको ५६ प्रतिशत कोटा घटाएर १० प्रतिशतमा झार्नुपर्ने भन्दै अहिले आन्दोलन चर्किएको छ ।

प्रदर्शन दबाउन सेनाले कर्फ्यु जारी गरेको छ । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार आइतबार बिहान १० बजेसम्म यस्तो उर्दी जारी गरिएको छ ।

प्रकाशित मिति:July 20, 2024