बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

Nepal Cover
६ श्रावण २०८१, आईतवार
image

काठमाडौं । केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज राजीनामा दिएका छन् ।

अब, बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि बाटो खुला भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर कट्टेलले राजीनामा दिएका हुन् ।

यसअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराए पनि उनले राजीनामा दिएका हुन् । आजै बसेको माओवादीको बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा दिन सुझाएको थियो ।