अचानक गठवन्धन किन तोडियो ? : माधव नेपाल

  Sampatti News 2024

July 21, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा गठबन्धन तोडेर अर्को गठबन्धन समिकरण के का लागि जरुरी भयो भन्दै प्रश्न गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रयोजनको बैठकमा सम्बोधन गर्दे अध्यक्ष नेपालले एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो भन्दै प्रश्न गरेका हुन् ।

उनले भने– ‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ । तर, आफू स्वर्गतिर लाग्यो अर्कोलाई लात्ति हिर्काएर नर्कतिर । अचानक गठवन्धन किन तोडियो ? किन फेरियो ? यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न । स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन ।

प्रकाशित मिति:July 21, 2024