प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत

  Sampatti News 2024

July 21, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८८ मतसहित विश्वासको मत पाएका छन् । जुन हाल संसद्मा कायम रहेको सदस्य संख्याको दुई तिहाई मत हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा १८८ मत परेको हो ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभाको आजको बैठकमा २६३ जना सांसदको उपस्थिति रहेको थियो । जसमध्ये १८८ पक्ष र ७४ जना विपक्षमा र एक सांसद तटस्थ बसेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओली गत असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले विशवासको मत लिएका हुन् ।

प्रकाशित मिति:July 21, 2024