पूर्वराज्यमन्त्री हत्या प्रकरणः घरमा काम गर्ने युवक पक्राउ

  Sampatti News 2024

July 22, 2024

काठमाडौं । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा रायको घरमा काम गर्ने एक युवकलाई सोधपुछका लागि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रवीन्द्रकुमार सिंहका अनुसार रायको घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि पक्राउ गरिएको जनाएका छन्।

प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्ति पनि रायकै घरमा राति सुतेका थिए। पक्राउ परेका २१ वर्षीय युवक कविलासी नगरपालिका– ३का हुन्। ती युवकले प्रहरीसमक्ष आइतबार साँझ सुत्नुअघि राय र अन्य तीनजना व्यक्तिहरू जग्गा जमिन किनबेचबारे कुरा गरिरहेको प्रारम्भिक बयान दिएका छन्।

उनले घरमा चारजनाबीच कुराकानी भइरहँदा आफू भने सुत्न गएको बयान पनि प्रहरीलाई दिएका छन्। साथै आफू राति १ बजे शौचालय जान लाग्दा रायको शव देखेको देखेको र प्रहरीलाई खबर गरेको पनि बताएका छन्। उनले घटना कसरी भयो आफुलाई केही आफूलाई थाहा नभएको बयान दिएका छन्।

ती व्यक्तिले राति नै रायको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ। रायको हत्यमा संलग्न र हत्याको कारणबारे प्रस्ट भइसकेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेर हत्याबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:July 22, 2024