बागमतीमा पहिलो पटक कांग्रेसबाट मुख्यमन्त्री

  Sampatti News 2024

July 24, 2024

काठमाडौं । बागमतीमा पहिलो पटक नेपाली कांग्रेसको सरकार बनेको छ। यसअघि नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले सरकार बनाए पनि कांग्रेसको सरकार बन्न सकेको थिए। बहादुर सिं लामा मुख्यमन्त्री बनेसँगै कांग्रेसको नेतृत्व बागमतीमा आउने भएको छ। यस्तै बहादुर सिंह नै यस्ता नेता हुन्। उनी बागमतीको बाहुल्यता भएको तामाङ समुदायको पहिलो मुख्यमन्त्री हुन्।

माओवादीले कुनै बेला बागमतीलाई तामासालिङ प्रदेश राखिनुपर्ने एजेन्डा अघि सारेको थियो। तर, माओवादीले मुख्यमन्त्रीमा भने तामाङ अघि सारेन। जुन एजेन्डा अहिले कांग्रेसले पूरा गरिदियो।

नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा तामाङले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्।

प्रकाशित मिति:July 24, 2024