चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ

  Sampatti News 2024

July 24, 2024

काठमाडौं । काठमाडौंमा चोरीमा संलग्न तीन जनाको समूह चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका–७ टोखा घर भई हाल चमति बस्ने वर्ष १९ को अभय नेपाली, ओखलढुङ्गाको लिखु गाउँपालिका–७ घर भई हाल विजेश्वरी बस्ने वर्ष २४ को निरज खड्का र काभ्रे मङ्गलटार घर भई हाल चमती बस्ने वर्ष २० को सुरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको हो।

यही साउन ७ गते दिउँसो काठमाडौं महानगरपालिका–१५ चमती स्थित मिलन लम्सालको कोठाको ताला फोडी कोठाभित्र रहेका सुनका गर गहना, नगद, घडी, ल्यापटप लगायतका धनमाल चोरी भएको थियो।
सो खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा घटनामा संलग्न उनीहरूलाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूको साथबाट ताला फोर्न प्रयोग हुने फलामको रड तथा औजार लगायत चोरीका धनमाल बरामद भएको छ।

प्रकाशित मिति:July 24, 2024