मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

Nepal Cover
९ श्रावण २०८१, बुधबार
image

काठमाडौं । आज साझ ५ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिद्को आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को बैठकमा जहाज दुर्घटनाबारे जानकारी लिने र छानबिन प्रक्रियालाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।

विमान दुर्घटनापछि प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।