सौर्य एयरको विमान दुर्घटनाः ‘गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धान’

  Sampatti News 2024

July 24, 2024

काठमाडौं । सौर्य एयरलाइन्सको विमान गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सीआरजेसेभेन जहाज गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो।

दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। विमान उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ। विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले देब्रे दिशामा मोडिनुपर्नेमा दायाँतर्फ मोडिँदा जहाज दुर्घटना भएको बताए। उनले भने, दुर्घटनाबारे थप विवरण अनुसन्धान पूरा भइसकेपछि खुल्नेछ’, निरौलाले भने।

विमानस्थलबाट बिहान ११स्११ बजे पोखराका लागि उडान भरेको एक मिनेटभित्र विमान दुर्घटना भएको थियो।

प्रकाशित मिति:July 24, 2024