सौर्य एयरको विमान दुर्घटनाः ज्यान गुमाउनेहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदै

Nepal Cover
१० श्रावण २०८१, बिहीबार
image

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले विमान दुर्घटनाप्रति स्तब्ध भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

यस्तै दुर्घटनाको छानबिन गर्न रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।