काठमाडौं । नेपालमा हालसम्म १ सय ८ वटा हवाई दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि ९ सय ५९ जनाको ज्यान गएको छ ।
हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठवटा दुर्घटना नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ। दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनामा तीन सय ७९ जनाको मृत्यु भएको छ।
त्यसैगरी हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ भने सिङ्गल इन्जिन विमान आठ वटा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।