काठमाडौं । रोजगारीका लागि विदेश जानेले अब बिनाधितो ऋण पाउने भएका छन्। शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकिङ च्यानलबाटै रेमिट्यान्स पठाउने सुनिश्चतता भए वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको हो।
श्रम स्वीकृति लिएर विदेश जानेहरूले बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरे बिनाधितो ऋण पाउनेछन्।