धनगढीको नोभा अस्पतालमा तनाब, तीन राउन्ड अश्रुग्यास प्रहार

Nepal Cover
१२ श्रावण २०८१, शनिबार
image

काठमाडौं । धनगढीमा सञ्चालीत नोभा अस्पतालमा तनाब उत्पन्न भएकोे छ ।

सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ। जन्डिसको समस्या लिएर साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो। दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको हो।