प्रेसको नियमन गर्ने छुट्टै निकाय बनाइन्छ : सञ्चारमन्त्री गुरुङ

Nepal Cover
१४ श्रावण २०८१, सोमबार
image

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन्।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए।

उनले प्रेसको नियमन गर्न पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए। उनले नियमन, स्वनियमन, संवर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने जानकारी गराए।

उनले भने, ‘हाम्रो एउटा अनुरोध के छ भने प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शंका तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ। हामी सबै जनाको प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ, नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरिन्छ।’