राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता समीकरण फेरिएसँगै प्रदेश प्रमुख पनि फेरिएका हुन् ।

प्रकाशित मिति:August 1, 2024