चन्द्रनिगाहापुर प्रहरीले सबैसँग सहकार्य गर्दे शान्ति सुरक्षामा प्राथमिकता दिने

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर प्रहरीले शान्ति सुरक्षका लागि सबै सरोकार पक्षसँग सहकार्य गरेर अघि बढ्ने भएको छ ।

चन्द्रनिगाहापुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राज कुमार राईले सोमबार स्थानीय संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा यस क्षेत्रमा शान्ति सुरक्षा, चोरी लगायतका समस्या समाधान गर्न सवैसंग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

विशेष गरि यस क्षेत्रको समस्याका रुपमा रहेको लागु औषध कारोवार तथा सेवनलाई रोक्न समुदायसम्म पुगेर जनचेतना फैलाउनु पर्ने उनले बताएका छन् ।

उनले समाज सचेत र सजग भए धेरै समस्याको समाधान हुने समेत बताए । चोरीका केही घटनाले यस क्षेत्रमा समस्या झन थपिएको भन्दै उनले मोटरसाइकल चोरी नियन्त्रणको लागि सिसीटिभी संचालन, जडान तथा थप सुविधा सम्पन्न गराउन सम्बन्धित निकायसंग समन्वय गरिने बताए ।

चन्द्रपुरका केही होटलहरुमा हुने अवैद्य यौनधन्दाले गर्दा समाज लज्जित हुनुपरेकोले यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित मिति:August 1, 2024