नव नियुक्त प्रदेश प्रमुखहरूले आज सपथ लिदै

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । नव नियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ ।

बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष््ट्रपति रामचन्द्र पौडेल समक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् । प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रकाशित मिति:August 1, 2024